श्री ब्रम्मायणी साना किसान कृषि सहकारी संस्था लि. को १२ औं वार्षिक साधारणसभामा उपस्थित हुनु भएका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय श्री माधव सापकोटा ज्यू, विशेष अतिथि बलेफी गाउँपालिका अध्यक्ष श्री गंगा बहादुर तामाङ ज्यू, वडा अध्यक्ष ज्यू हरु, वडा सदस्य ज्यू हरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विभिन्न संस्थाका प्रतिनिधि ज्यू हरु तथा सम्पुर्ण शेयर सदस्य ज्यू हरुमा सहकारीको सञ्चालक समितिको तर्फबाट स्वागत सहित न्यानो अभिवादन गर्दछु साथै १२ औं वार्षिक साधारण सभामा सहकारीको वार्षिक प्रतिवेदन पेश गर्ने अनुमति माग गर्दछु ।
सिन्धुपाल्चोक जिल्ला उत्तरपूर्वी क्षेत्रमा अवस्थित तत्कालिन फुल्पिङकोट गा.वि.स मा कार्यक्षेत्र रहने गरी वि.स. २०६८ साल चैत्र १८ गते श्री घम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरी सुरुवात गरिएको यस श्री ब्रम्मायणी साना किसान कृषि सहकारी संस्था लि. मिति २०६९ वैशाख ३१ गतेबाट औपचारिक रुपमा डिभिजन सहकारी कार्यालय धुलिखेलबाट दर्ता प्रमाणपत्र प्राप्त गरी आफ्नो कारोबार सुरुवात गरिएको छ ।
जसको मुख्य उद्देश्य भनेको कृषि क्षेत्रको सम्पूर्ण समस्याहरुको पहिचान गर्दै कृषिलाई आधुनिकरण गर्दै लैजाने नीति अनुरुप स्थापित यस संस्थाले विगत देखि नै कृषि कार्य प्रोत्साहन गर्दै कृषि क्षेत्रलाई स्तरोन्नती गर्दै लैजाने रणनिति लिएको छ । विगतका दिनहरुमा जिल्ला कृषि विकास कार्यालय चौतारा सिन्धुपाल्चोकको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र हाल सम्म पनि त्यस कार्यक्रमलाई निरन्तरता दिइरहेको कुरा अवगत गराउँदछु । विगतका वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयको सहयोगमा कृषकहरुलाई सहुलियत दरमा विउ विजन र रासायनिक मल कृषि औजारको साथै विउ उत्पादन र संकलनको कार्य गर्दै आएको २०७३ मा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना सिन्धुपाल्चोक अन्तर्गत विऊ संकलन प्रशोधन र विक्री केन्द्रको लागि परियोजना बाट रु १८,००,००० अनुदान र जनश्रमदान रु ३,१९,००० गरी जम्मा रु २१,१९,००० को लागतमा भवन निर्माण गर्न सफल भएका छौं र भवन निर्माणको लागि ०–३–१–० क्षेत्रफलको जग्गा रु. तिन लाखमा सहकारी द्वारा खरिद गरेका छांै । वल्र्ड भिजनको आर्थिक सहयोग र ऋम्भ्ऋँ को समन्वयमा रु १२ लाख बराबरको यान्त्रिक उपकरण सहयोग प्राप्त भएको सोही मेसिनबाट बिउविजन प्रशोधन गर्दै आएका छौं । बिगतका वर्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय हेटौडा र कृषि ज्ञान केन्द्र धुलिखेलको रु. २४ लाख आर्थिक सहयोगमा झोलुङ्गे फुल्पिङकोट सम्मको सडकको निर्माण कार्य सम्पन्न गरियो ।
साथै उच्च मूल्य अन्तर्गत अलैची खेती प्रवद्र्धन गर्न अलैचीको नर्सरी, अलैची सुकाउन भट्टा निर्माण र भण्डारण गर्नको लागि संकलन केन्द्रको स्थापना गरियो जसमा कुल बजेट ८ लाख १० हजार मध्ये स्थानिय श्रमदान रु. २ लाख ९५ हजार रहेको थियो र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय हेटौडाको कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न यन्त्र उपकरणको साथसाथै आ.व २०७६/०७७ मा ५०% अनुदानमा बोलेरो गाडी र आ.व २०७७/७८ मा ब्लक विकास कार्यक्रम मार्फत रु ५० लाखको ५० प्रतिशत अनुदान र आ.व २०७८/७९मा ब्लक विकास कार्यक्रम अन्तर्गत मकैको बिऊ, साना सिँचाइ तथा कृषि यन्त्रहरु वितरण गरियोे र साथै कृषि ज्ञान केन्द्र धुलिखेलको आ.व. २०७९/८० खाद्यान्न बाली प्रवद्र्धन अन्तर्गत रु. ५५,००,०००। बराबरको (धान, मकै) कार्यक्रम मार्फत साना सिचाइ, धान मकैको बिउ, कृषि यान्त्रीकरण (मिनिटिलर,डिस्क मिल, कम्बाईन मिल, स्प्रे, विषादी, हर्मेटिक ब्याग विषादी आदि) बलेफी गाउँपालिका मार्फत आलुको बिउ उत्पादनको लागि रु ३१०,००० अनुदान सहयोग साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चौतारा मार्फत विगतका वर्षहरु बिउ श्रोत केन्द्र, साना सिँचाई, गह्रा सुधार कार्यक्रम, मकै तथा धानको बिऊ उत्पादन अन्य कृषि यन्त्र उपकरण र बिऊ उपचार मेसिन थ्रेसिङ फ्लोर र बिउ ब्यवस्थापनको लागि थ्याच हाउस निर्माण गरियो ।
आ.व.०८०/०८१ मा कृषि बिकास कार्यालयको धान बाली प्रवद्र्धन अन्तर्गत धानको मूल बिऊ, हर्मेटिक ब्याग, थ्रेसर, कम्बाइन मिल, स्प्रेयर, त्रिपाल, डिजिटल तराजु, बोरा छपाई र ट्याक्टर गरि रु.४,३८,०४८ अनुदान प्राप्त भयो । आ.व.०८०/०८१ मा प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन एकाई सिन्धुपाल्चोक को मकैको बिउ, बिउ प्याकेजिङ ब्याग, र मेसिनरी सामान गरि रु.४,३५,७९३ (कर कट्टी पश्चातको रकम) अनुदान प्राप्त भयो । आ.व.०८०/०८१ मा नै मकैबाली प्रवद्र्धन अन्तरगत बलेफी गा.पा. वडा नं. २ र ३ को कृषकहरुका लागि मकैको बिउमा ५० प्रतिशत अनुदान रकम रु १,४२,४९५ रुपैया बलेफी गा.पा.को कार्यालय मार्फत प्राप्त भयो । बलेफी गाउँपालिका लगायतको कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराउने मकै जोन कार्यन्वयन एकाई चौतारा, कृषि ज्ञान केन्द्र धुलिखेललाई धन्यवाद ज्ञापन गर्दछौ । साथै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ ।
सम्पूर्ण शेयर सदस्य तथा प्रतिनिधि ज्यू हरु,
हामीले सबै सदस्यहरुको सहयोगले नै आज हामी यो स्थान सम्म आइपुगेका छौं, र आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौ । आ.व. २०७९/०८० मा आर्थिक कारोवारलाई व्यवस्थित गर्दै नियमित बैंकिङ कारोवार गर्ने सिलसिलामा सम्पूर्ण कारोवार विद्युतिय माध्यम Software को माध्यमबाट कारोबार सञ्चालन गरिरहेको ÷ रेमिटेन्सको समेत कारोबार सञ्चालन गरिरहेका छौ साथै चेक बुक र Mobile Banking सेवा समेत उपलब्ध गराई जस्को माध्यमबाट शेयर सदस्यहरुले बत्तीको महशुल रिचार्ज कार्ड, Digital Banking, बिमा शुल्क भुक्तानी, म्ष्नष्तब िद्यबलपष्लन लगायतका सेवा उपलब्ध गराइरहेका छांै । साना किसान बिकास लघुवित्त वित्तिय संस्था सँग सहकार्य गरी आ.व २०८०/८१ मा सहुलियत ब्याजदरमा पशुपालन कर्जा स्वावलम्बन कर्जा र सहुलियतकर्जा गरि १ करोड ३५ लाख लगानी गरिएकोका यस वर्ष ५ करोड माग गरिएकोले आवश्यकता अनुसार सदस्यहरुलाई लगानी गर्ने योजनामा रहेको छौ । कर्जा उपलब्ध गराउन भएकोमा साना किसान विकास लघुवित्त वित्तिय संस्थालाई पनि धन्यवाद ज्ञापन गरिन्छ । आ.व. ०७८/०७९ देखि साना किसान मोडलमा गई सहकारीले नै कृषकहरुको प्रोत्साहनको लागि पशु बीमा कार्यक्रम सञ्चालन गरिरहेका छौं र थप प्रभावकारी बनाउन गाउँपालिकासँग सहकार्य गरी थप बिस्तार गरिनेछ । संस्थाले यस वर्ष कृषक सदस्यहरु बाट ९०२५ किलो मकैको बिउ खरिद गरि विभिन्न संघ संस्थाहरुमा बिक्रि वितरण गरेको छ । संस्थाले आ.व.८०/०८१ बलेफी गा.पा.वडा नं. २ झोलुङगेमा कित्ता नं. १०७५ को ०–४–० –० क्षेत्रफल भएको जग्गा रु. सात लाखमा सहकारी द्धारा खरिद गरेका छ । साथै निरन्तर रुपमा मुनाफा वितरण गर्न सफल यस सहकारी सस्थाले यस वर्षको मुनाफाबाट १८ प्रतिशत लाभांश (वोनस) वितरण गर्न सफल भएका छ ।
भावि योजनाहरु
हामीले ३८ जना बाट सुरु गरेको संस्था आज सम्म आइपुग्दा ९८० जना र रु १डछण्ण् बाट सुरु गरेको शेयर पुँजी रु ८२,२४,४०० र कारोवार रु दश करोड एकाउन्न लाख भन्दा माथी पुøयाउन सफल भएका छौ । हाल रु दुइ लाख सम्म बिना धितो सदस्य जमानी बस्ने गरी ऋण सुविधा र त्यो भन्दा माथिको रकममा धितोबाट धितोको मुल्याङ्कनको आधारमा १५ लाख सम्म ऋण लगानी गरिरहेका छांै । आगामी दिनमा अन्य सहकारी तथा कृषक समूहलाई एक आपसमा गाभी कारोवार लाइ व्यापक बनाउने लक्ष्य लिएका छौं । आगामी दिनमा अन्य सहकारी तथा कृषक समुहलाई एक आपसमा गाभी कारोवार लाइ व्यापक बनाउने लक्ष्य लिएका छौं । आगामी दिनहरुमा अझ प्रभावकारी सेवा उपलब्ध गराउन सक्रिय रहने, कृषिलाई आधुनिकीकरण गर्दै कृषकहरुको हक हितको लागि निरन्तर लागिरहने प्रतिद्धता व्यक्त गर्दै विभिन्न ल्न्इ क्ष्ल्न्इ तथा गाउँपालिका, साना किसान लघुवित्त, कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चौतारा र अन्य निकायको सहयोगको अपेक्षा समेत गर्दै आज यो स्थान सम्म पु¥याउन सहयोग गर्नुहुने संस्थापक ज्यू, सल्लाहकार, बचतकर्ता, शेयर सदस्यहरु, बिउ उत्पादक कृषक ज्यू, व्यवसायिक कृषक, सञ्चालक समिति र उप–समितिका पदाधिकारी, कर्मचारी तथा सम्पुर्ण सरोकार वालाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दै सम्पूर्ण सुवेच्छुक प्रति हार्दिक आभार गर्दछु ।