सेयर सदस्यको स्वामित्वमा रहेको र प्रजातान्त्रिक रूपमा नियन्त्रित संस्थाको रूपमा, नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड हाम्रा सबै सदस्यहरूको योगदान र सहभागिताको कदर गर्दछ। हामी हाम्रा सदस्यहरूलाई उनीहरूको आवश्यकता पूरा गर्ने उच्च-गुणस्तरको वित्तीय उत्पादनहरू र सेवाहरू प्रदान गर्न समर्पित छौं, साथै हाम्रो समुदाय भित्र पारस्परिक सहयोगका सिद्धान्तहरू प्रवर्द्धन गर्न पनि काम गर्दछौं। हामी विश्वास गर्छौं कि सँगै काम गरेर, हामी हाम्रा सबै सदस्यहरूको दिगो भविष्य सिर्जना गर्न सक्छौं। हामी तपाईंलाई यस वेबसाइटमा उपलब्ध विभिन्न स्रोतहरू र अवसरहरू अन्वेषण गर्न प्रोत्साहन दिन्छौं। नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो वित्तीय साझेदारको रूपमा रोज्नु भएकोमा धन्यवाद।
सम्पूर्ण शेयर सदस्य तथा प्रतिनिधि ज्यू हरु,
हामीले सबै सदस्यहरुको सहयोगले नै आज हामी यो स्थान सम्म आइपुगेका छौं, र आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौ । आ.व. २०७९/०८० मा आर्थिक कारोवारलाई व्यवस्थित गर्दै नियमित बैंकिङ कारोवार गर्ने सिलसिलामा सम्पूर्ण कारोवार विद्युतिय माध्यम Software को माध्यमबाट कारोबार सञ्चालन गरिरहेको ÷ रेमिटेन्सको समेत कारोबार सञ्चालन गरिरहेका छौ साथै चेक बुक र Mobile Banking सेवा समेत उपलब्ध गराई जस्को माध्यमबाट शेयर सदस्यहरुले बत्तीको महशुल रिचार्ज कार्ड, Digital Banking, बिमा शुल्क भुक्तानी, म्ष्नष्तब िद्यबलपष्लन लगायतका सेवा उपलब्ध गराइरहेका छांै । साना किसान बिकास लघुवित्त वित्तिय संस्था सँग सहकार्य गरी आ.व २०८०/८१ मा सहुलियत ब्याजदरमा पशुपालन कर्जा स्वावलम्बन कर्जा र सहुलियतकर्जा गरि १ करोड ३५ लाख लगानी गरिएकोका यस वर्ष ५ करोड माग गरिएकोले आवश्यकता अनुसार सदस्यहरुलाई लगानी गर्ने योजनामा रहेको छौ । कर्जा उपलब्ध गराउन भएकोमा साना किसान विकास लघुवित्त वित्तिय संस्थालाई पनि धन्यवाद ज्ञापन गरिन्छ । आ.व. ०७८/०७९ देखि साना किसान मोडलमा गई सहकारीले नै कृषकहरुको प्रोत्साहनको लागि पशु बीमा कार्यक्रम सञ्चालन गरिरहेका छौं र थप प्रभावकारी बनाउन गाउँपालिकासँग सहकार्य गरी थप बिस्तार गरिनेछ । संस्थाले यस वर्ष कृषक सदस्यहरु बाट ९०२५ किलो मकैको बिउ खरिद गरि विभिन्न संघ संस्थाहरुमा बिक्रि वितरण गरेको छ । संस्थाले आ.व.८०/०८१ बलेफी गा.पा.वडा नं. २ झोलुङगेमा कित्ता नं. १०७५ को ०–४–० –० क्षेत्रफल भएको जग्गा रु. सात लाखमा सहकारी द्धारा खरिद गरेका छ । साथै निरन्तर रुपमा मुनाफा वितरण गर्न सफल यस सहकारी सस्थाले यस वर्षको मुनाफाबाट १८ प्रतिशत लाभांश (वोनस) वितरण गर्न सफल भएका छ ।